logo/koshi paryatan barsha logo_ft7gmsb.jpeg

नयाँ ढाँचामा वेबसाइट प्रकाशन

सूचना प्रविधि विभागद्वारा निर्माण गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) मा आधारित

उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पूरानो ढाँचाको वेबसाइटको सट्टा सूचना प्रविधि विभागद्वारा निर्माण गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) मा आधारित नयाँ ढाँचामा मिति २०८१।१२।०४ गतेबाट आफ्नो आधिकारिक वेबसाइट प्रकाशनमा ल्याएको हो । 

सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७८ बमोजिम सबै सरकारी निकायहरूको वेबसाइटहरू बीच एकरूपता कायम गर्न, सूचना प्रविधि विभागले  विकास गरेको एकीकृत वेवसाइट व्यवस्थापन प्रणाली (GIWMS) को प्रयोगबाट सरकारी निकायले छुट्टाछुट्टै वेवसाइटहरुको विकास गर्न नपर्ने र सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति नभए पनि उपलब्ध जनशक्तिले वेबसाइट सिर्जना गर्न र कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी सहज रुपमा प्रकाशन गर्न सक्ने भएकोले मन्त्रालयले यो प्रणाली अपनाएको हो ।  यस प्रणालीको प्रयोग गरी सरकारी निकायहरूले एउटै ढाँचामा आधारित वेबसाइट सिर्जना गर्न सक्ने भएकोले मन्त्रालय र अन्य निकायहरूको वेबसाइटमा ढाँचागत एकरूपता कायम हुनेछ । यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइट अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न (FAQ), गुनासो व्यवस्थापन, स्वचालित सहायक (Chatbot) लगायतका विशेषताहरु समावेश गरिएका छन्।

पूरानो वेबसाइटका केही सामग्रीहरू समेत यसमा समावेश गरिएकोले तिनीहरूको प्रकाशन मिति २०८१।१२।०४ भन्दा पछि देखिने सक्ने जनाइएको छ । पूरानो वेबसाइटको सामग्री यहाँबाट प्राप्त गर्न सकिनेछ ।