सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी बैठक

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउन मन्त्रालयद्वारा गठित समितिको सञ्चालन गरिएको

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. शरण कुमार पाण्डेको संयोजकत्त्वमा गठित सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी बैठक मिति २०८१।१२।०६ गते मन्त्रालयका प्रदेश सचिवको कार्यकक्षमा बस्यो । उक्त बैठकका पदेन सदस्यको रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव श्री राजकुमारी राइ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका सदस्य श्री सरू के.सी., नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका महानिर्देशक श्री विजयहरि शर्मा र नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङका अध्यक्ष चेतन निरौला उपस्थित हुनुहुन्थ्यो । उद्योग तथा सहकारी विकास महाशाखाका महाशाखा प्रमुख उपसचिव श्री पदम बहादुर ठकुराठी सदस्य सचिव रहेको समितिको उक्त बैठकले देहायका निर्णयहरू गरेको छ ।  

  • सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ मा भएको व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक निकायलाई पत्राचार मार्फत जानकारी गराउने, 
  • स्वदेशी वस्तुको प्रयोग सम्बन्धमा जनचेतना, गोष्ठी, मेला, महोत्सव लगायत प्रचारात्मक र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, 
  • स्वदेशी वस्तुको प्रयोगलाई वृद्धि गर्ने गरी आगामी आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट समावेश गर्न मन्त्रालयलाई अनुरोध गर्ने,
  • आवश्यकता पहिचान गरी प्रदेशस्तरीय निर्देशिकाको मस्यौदा तयार गर्ने ।