वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व चतुर्दशी - १४
कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूको अध्यक्षतामा मिति २०८२।०५।११ गते भएको बैठकको निर्णयानुसार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरूले प्रतिस्पर्धा गर्न पाउने गरी ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हुँदा इच्छुक ब्याडमिन्टन खेलाडी राष्ट्रसेवक कर्मचारीहरूले सूचना प्रकाशन भएको मितिले ५ (पाँच) दिन भित्र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको कार्यालय, विराटनगरमा नाम दर्ता गराई सक्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्पर्क व्यक्तिः कालीदास भट्टराई, अधिकृत छैटौं
सम्पर्क नं. ९८५२०३१५५७
नोटः
सहभागी खेलाडीहरूलाई पुरस्कार बाहेक अन्य कुनै पनि सेवासुविधा उपलब्ध गराइने छैन ।